FAQs Complain Problems

वडा नं. ५, अध्यक्षः चक्र बहादुर थापा

वडा नं ५ को वडा परिचय:

देशमा नयाँ संरचना अनुसार साविकको कुल्दवमाण्डौं गा. वि. स. काे वडा नं. ३, ४ र ९ मिलेर हालको वडा बनेकाे पाईन्छ । यस वडाकाे भु-भाग पुर्वमा ६ नं. वडा पश्चिममा ४ नं. वडा उत्तरमा २ र ३  नं. वडा गुइगाड खाेला र दक्षिणमा ६ नं. वडा संग सिमाना जोडिएको यस वडाकाे क्षेत्रफल २.६२ वर्ग कि. मी. र जनसंख्या १,५१७ रहेकाे पाइन्छ । समुन्द्र सतह देखि करिव ७५० मि. देखि १५९० मी. सम्मको उचाइमा अवस्थित यस वडाकाे वडा कार्यालय नुवाँघरमा बन्दैगरेकाे  पाइन्छ। यस वडामा २ वटा माध्यामिक विद्यालय ३ वटा आधारभुत विद्यालय संचालनमा रहेका पाइन्छन् । बाजुरा स्वास्थ्य चौकी यस वडामा रहेकाे पाइन्छ ।  यस वडामा  निमनि, नुवाँघर, कोटवाडा र सरप्ला बस्ती रहेकाे पाइन्छ । 

करिव ५० हेक्टर बन जंगलले ओगटेको यस वडाका मानिसहरुकाे मुख्य पेशा कृषिका साथै सरकारी सेवा र व्यापार रहेकाे पाइन्छ । मुख्य खाद्यान्न बालीहरुमा धान, मकै, गहुं, काेदो, जौ आदी हुन् । यस वडाको प्रमुख व्यापारिक केन्द्र फालासैन रहेकाे पाइन्छ । हाल यस वडाकाे वडा कार्यालय नुवाँघरमा बन्दै गरेकाे पाइन्छ । 

 

Population: 
१५१७
Ward Contact Number: 
9847282170