FAQs Complain Problems

बुढीगङ्गा नगरपालिकाको संक्षिप्त परिचय

बाजुरा जिल्लाका नौ वटा स्थानिय तह मध्ये बुढीगङ्गा नगरपालिका पनि एक हो। राज्य पुर्नसंरचनाको क्रममा साविकको ब्रमतोला, कुल्देवमाण्डौं र बाह्रबिस गा.वि.स. मिलेर बुढीगङ्गा नगरपालिका बनेको छ । यस नगरपालिकाको नामाकरण बुढीगङ्गा नदीको नामबाट राखिएको हो।  यस नगरपालिकाको पूर्वमा- त्रिवेणी नगरपालिका र अछामको मेल्लेख गाउँपालिका, पश्चिममा- खप्तड छेडेदह गाउँपालिका, उत्तरमा- बडीमालिका नगरपालिका र दक्षिणमा- अछाम जिल्लाको साँफेबगर नगरपालिका संग सिमा जोडीएको छ । बाजुरा जिल्लाको पुरानो सदरमुकाम कुल्देवमाण्डौं (टाँटे) नौविसमा यस नगरपालिकाको कार्यापालिकाको कार्यालय रहेको छ । पुरानो इतिहासलाई पल्टाउँदा  बाजुरा जिल्लाको राज्य शासन चलाउने बार्जुकोटे राजाको  दरबार पनि यस नगरपालिका भित्र रहेको छ र दरबारको भग्नावशेष अहिले पनि हेर्न सकिन्छ । यस नगरपालिकामा बार्जुकोट दरबार, कुडीकोट दरबार, बयालचाका दरबार साथै चुल्ठे देवि भगवतिको मन्दिर जस्ता विभिन्न देवि देवताका मठ मन्दिर र अन्य थुप्रै ऐतिहासिक सम्पदाहरु अवस्थित रहेका छन् । क्षेत्रफलको हिसावले (५९.२) वर्ग कि.मी. रहेको यो नगरपालिका अरु नगरपालिका  भन्दा सानो र  जनसंख्याका हिसावले बाजुरा जिल्लाकै सबै भन्दा बढी जनसंख्या  (२१,६७७) भएको नगरपालिकाको रुपमा चिनिन्छ ।  यस नगरपालिकामा उष्ण प्रदेशीय र समसितोष्ण प्रदेशीय हावापानि पाइनुका साथै बाजुरा जिल्लाकै सबैभन्दा बढी उर्वर खेतियोग्य जमिन पनि रहेको पाइन्छ ।  दुर्गम एंव पिछडीयको जिल्लामा पर्ने यस बुढीगङ्गा नगरपालिकाको विकास भने समयानुसार विकसित भईरहेको देखिन्छ । 

साविकको ३ वटा गा.वि.स. (ब्रमताेला, कुल्देवमाण्डौं र बाह्रविस ) मिलेर बनेको यो नगरपालिकामा १० ओटा वडा रहेका छन् । यस नगरपालिकाको शैक्षिक क्षेत्रमा क्याम्पस १, माध्यामिक तह ८ ,आधारभुततह २५ , संस्थागत विद्यालय ८, सामुदायीक सिकाई केन्द्र ३ र वालविकास केन्द्र ४२ वटा रहेका छन् भने स्वास्थ्य क्षेत्रमा ३ वटा स्वास्थ्य चौकी, १ सामुदायिक स्वास्थ्य इकाई र  १ वटा वर्थिङ सेन्टर संचालनमा रहेका छन् ।  त्यसै गरी कृषि विकास तथा पशु सेवा शाखा मार्फत यस बुढीगङ्गा नगरपालिकाको समृद्वीका लागी कृषि तथा पशु  विकास संग सम्वन्धित विभिन्न कार्यक्रमहरु संचालन  भइरहेका छन् । 

भौगोलिक विविधता, विकटता, अशिक्षा, बेरोजगारी र रुडीबादी आदी विभिन्न समस्या हुंदाहुंदै पनि विगत भन्दा अहिले  शिक्षा, स्वास्थ्य, संचार,  जनचेतनामा, रुडीवादी परम्परा, व्यावसायीक उन्नती आदी विभिन्न पक्ष मा तिब्र गतिमा विकास हुदै  गरेकाे देखिन्छ । यस क्षेत्रकाे नगरपालिकाका सबै राजनितिज्ञ्य, कर्मचारी, शिक्षक, मिहला, पुरुष, दलित, आदीबासी, जनजाती लगायत सम्पुर्ण नगर बासीहरुले यस क्षेत्रका विविध विषयमा हातेमालो गर्दै अगाडी बढ्नेहो भने यस नगरपालिकाको भविश्य राम्रो हुने निश्चित छ ।