FAQs Complain Problems

वडा नं. ६, अध्यक्षः हेमराज जैशी

वडा नं. ६ को वडा परिचय:-  देशमा नयाँ संरचना अनुसार साविकको कुल्दवमाण्डौं गा. वि. स. काे वडा नं. ७ र ८ मिलेर हालको ६ नं. वडा बनेकाे पाईन्छ । यस वडाकाे भु-भाग पुर्वमा बुढीगंगा नदि, पश्चिममा ५ नं. वडा, उत्तरमा ५ नं. वडा गुइगाड खाेला र दक्षिणमा बार्जुगाड खोला र ७ नं. वडा संग सिमाना जोडिएको यस वडाकाे क्षेत्रफल ९.६ वर्ग कि. मी. र जनसंख्या २२४२ रहेकाे पाइन्छ । समुन्द्र सतह देखि करिव ५०० मि. देखि ११०० मी. सम्मको उचाइमा अवस्थित यस वडाकाे वडा कार्यालय सारेदेउ मा बन्दै गरेकाे पाइन्छ। यस वडामा २ वटा आधारभूत विद्यालय १ वटा क्याम्पस र २ वटा बोर्डिङ्ग स्कुल संचालनमा रहेका पाइन्छन् । ६ न‍‍‍‍‍‍‌. वडा स्वास्थ्य चौकी यस वडाको वाम्कामा रहेकाे पाइन्छ । यस वडामा तल्लो क्षेत्रमा बाजुराको मुख्य राजमार्ग रहेको छ | यस वडामा ६ वटा टोल रहेका पाइन्छ जस अनुसार माल्ता, मल्लो सायल,शाहानगर पडेन,तल्लो सायल, बोरावाड़ा र बेलाकाटिया बस्ती रहेकाे पाइन्छ |यस वडाको प्रमुख ब्यापारी केन्द्रको रुपमा फालासैन र बामका क्षेत्रमा बजार व्यवस्थापन गरियको छ। जहाँ २५० जति पसल स्थापना भएका छन् । करिव ५० हेक्टर बन जंगलले ओगटेको यस वडाका मानिसहरुकाे मुख्य पेशा कृषिका साथै सरकारी सेवा र व्यापार रहेकाे पाइन्छ । मुख्य खाद्यान्न बालीहरुमा धान, मकै, गहुं, काेदो, जौ आदी हुन् । यस यस वडामा बिसेस गरि तरकारी र माशु उत्पादनका लागि बाख्रा र कुखुरा पालन व्यवसाय संचालन हुदै आयको पाइन्छ | मुख्य तरकारी खेति ५ जाना किसान उत्पादनमा र १७ वटा खोर मा कुखुरा र ६ वटा बाख्रा फर्म रहेको पाइन्छ ।

Population: 
२२४२
Ward Contact Number: 
9848644725